प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

खबरपथ संवाददाता
१० पुष २०८०, मंगलवार १३:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि दिउँसो तीन बजेका लागि तय भएको कार्यक्रम पाँच बजेका लागि सारिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*