पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा पृथ्बी नारायण शाहको जंगी शालिक अनावरण

खबरपथ संवाददाता
१४ पुष २०८०, शनिबार २१:१६

कपिलवस्तु । पुर्व राजा बिरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पुर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्बी नारायण शाहको जंगी शालिकको अनावरण गरेका छन । पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका उनले शिवराजन नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर शिलान्यास गरेका हुन । सोक्रममा पुर्व राजा शाहले त्यही झन्डोत्तोलन समेत गरेका थिए । भैरहवामा रहेका शाह आफना नाति ह्रदेन्द्रलाई समेत संगै ल्याएका थिए । भैरहवा देखि बहादुरगंज सम्मको हुलाकी बाटो हुदै उनी दिउसो ३ बजे तिर खैरेन्द्रपुर पुगेका थिए । खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्धारा आश्रममा पुजापाठ पछि उनले सालिक अनावरण गरेका हुन । पुजापाठकाक्रममा बटुकहरुले स्वस्ती बाचन गरेका थिए । पुर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । पुर्व राजा शाहलाई आयोजकले मायाको चिनो समते प्रदान गरेका थिए । पुर्व राजा र ह्रदेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो । आधा घन्टाको बसाई पछि उनी भैरहवा फर्केका थिए । नगरपालिकाकोले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस एमाले तर्फबाट निर्वाचित कोही पनि जन प्रतिनिधि सहभागी थिएनन । राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको बिशेष पहलमा त्यहा पूथ्बी नारायण शाहको शालिक निर्माण भएको हो ।

पुर्वराजा शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुरगंज लागतयका स्थानमा समेत स्वागत गरको थिए । कार्यक्रममा राततन्त्रको पक्षमा नाराबाजी समेत गरिएको थियो । मेयर थापाले पुर्व राजा बिरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यस हुुन आफैमा ऐतिहासिक क्षण रहेको बताए । उनले बाईसे चौबिसे राज्यलाई एकीकरण गरी नया नेपाल निर्माण गरेको पुथ्बी नारायण शाहलाई यो बिशेष अवसरमा सम्मान दिन पाउदा आफुलाई निकै खुशी लागेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*