तिलोत्तमाको दोस्रो नगरसभा तथा चौथो अधिबेशन सम्पन्न,६ बिधेयक पारित

खबरपथ संवाददाता
२६ पुष २०८०, बिहीबार ०६:४०

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। विभिन्न ६ वटा बिधेयक माथि छलफल र पारित गर्दै नगरपालिकाको हिउँदे अधिबेशन सम्पन्न भएको हो। नगरपालिकाले हिउदे अधिबेशन तथा चौथो नगर सभा विभिन्न निर्णय गर्दै बुधबार सम्पन्न भएको हाे । नगर सभा तथा हिउदे अधिवेशन नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियोे । नगर सभाले कार्यपालिकाले निर्णय गरेका बिधेयक, न्यायिक समिती, लेखा समिति, आर्थिक ऎन २०८०, विपद व्यवस्थापन तथा बाताबरण र प्राकृतिक स्रोत व्यवस्थापन सम्वन्धि विधेयक पास गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। विभिन्न कार्यक्रमको अनुमोदन , न्यायीक समितको प्रतिवेदन तथा करका केहि दायरामा हेरफेर समेत गरेको छ ।

हिउँदे अधिबेशनको समापनको अवसरमा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले न्यायिक समिती प्रतिबेदन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र तिलोत्तमा आर्थिक ऐन २०८० प्रथम संशोधन प्रस्ताव पेश गरेकी थिइन भने तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले लेखा समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाही ठकुरीले कार्यपालिका निर्णय प्रस्ताव, रवि सेन्चुरीले खानेपानी तथा सरसफाइ र स्वच्छता विधेयक २०८० प्रस्तुत गरेका थिए । ति सबै बिधेयक नगरपालिकाका सभा सदस्यहरुबीच प्रस्तावको अनुमोदन गरि पारित समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*