सकियो महागुरु भूम्छोक एंव मोन्लम पूजा

खबरपथ संवाददाता
१४ माघ २०८०, आईतवार १९:११

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना सहित गरिएको महागुरु भूम्छोक एंव मोन्लम पूजा आईतबार सकिएको छ ।
मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एंव प्राणीधान मोन्लम पूजा गरिएको हो ।
पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाईका लागि प्राथना र कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए । उनले आफू उपाध्यक्षको रुपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितीमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए । एकलाख मन्त्रोउच्चारण गरी विश्व शान्तिको कामना गर्दै प्राथना गरियो, प्रख्यात रिपोन्छे, चिनियाँ बलिउड स्टार जेट्ली समेत बस्नुभयो’ उपाध्यक्ष लामाले भने । उनका अनुसार अर्को बर्ष यस्ता पुजा बढाउने योजना रहेको बताए ।
महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा शुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले विहिबारदेखि भूम्छोकमा सहभागी थिए ।
यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो ।
मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली सहभागी भए । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको हो । पुजा अवधिभर प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सरकारका सचिव, साईकल यात्री र विभिन्न स्वदेशी र विदेशी तीर्थयात्रीहरु सहभागी भएका थिए । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*