कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

खबरपथ संवाददाता
३ फाल्गुन २०८०, बिहीबार ११:३७

लुम्बिनी। कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३० जना घाइते भएका छन् ।

गएराति १ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।

घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। बसमा ४० यात्रु सवार सवार रहेको बताएको छ।

महेन्द्रनगरबाट काठमाडौँका लागि गुडेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

बस सडकबाट दुईसय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतकको सनाखत हुन सकेको छैन। तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*