कृषि विकास बैंकले माग्यो विभिन्न तहका ११२ जना कर्मचारी
खबरपथ संवाददाता
११ फाल्गुन २०८०, शुक्रबार ११:३१
काठमाडौँ । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशन गर्दै शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ ।





















