रंगहरूको पर्व होली आज तराईका जिल्लाहरूमा मनाइँदै

खबरपथ संवाददाता
१२ चैत्र २०८०, सोमबार ०८:०५

काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदैछ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो ।

पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक बिदा थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*