‘नमेटिने घाउ’ मा ओलीको अभिनय

खबरपथ संवाददाता
११ बैशाख २०८१, मंगलवार २०:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।

मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् ।

एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।

एसिडपीडितको बारेमा बनाइदै गरेको यस फिल्ममा यस अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*