द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

खबरपथ संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १८:०७

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु भएको  छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*