राष्ट्रिय खुल्ला हाफ म्याराथन दौडको उपाधी एपीएफ क्लवकी पुष्पा भण्डारीलाई

खबरपथ संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १९:४१

बुटवल । मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको राष्ट्रिय खुल्ला हाफ म्याराथन दौड (रोड रेस)मा नेपाल एपीएफ क्लवका एथलेटिक्स खेलाडी पुष्पा भण्डारीले प्रथम स्थान हासिल गरेकी छिन् ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१० स्थित चौराहा राजमार्गमा जेठ ३ गते प्रतियोगिता भएको थियो ।

यसअघि जिल्ला कबड्डी संघ सप्तरीले आयोजना गरेको राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल एपीएफ क्लवको महिला कबड्डी टिमले दोश्रो स्थान हासिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*