शशाङ्क भन्छन् – निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु

खबरपथ संवाददाता
५ जेष्ठ २०८१, शनिबार २२:०३

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।

उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले आफूले निर्वाचनको बेला गरेका प्रतिबद्धताअनुसार काम भइरहेको बताए। निर्वाचनको समयमा आफूले गरेका केही प्रतिवद्धता कार्यान्वयनको चरणमा गएको र बाँकी प्रतिवद्धता पुरा गर्नेमा आफू कटवद्ध रहेको बताएका हुन्।

नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो।

उनले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*