टी-२० विश्वकप फाइनल : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

खबरपथ संवाददाता
१६ असार २०८१, शनिबार २२:०९

काठमाडौँ । टी- २० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाएका थिए ।

त्यस्तै कप्तान रोहित शर्माले ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेयले ५ र रविन्द्र जडेजाले २ रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २-२ विकेट लिएका थिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*