मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो – महामन्त्री ढकाल

खबरपथ संवाददाता
२० असार २०८१, बुधबार २३:२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।

पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् ।

उनले भने- ‘महामन्त्रीलाई हटाउन अनुशासनको कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । दुवै उपसभापतिले अबदेखि महामन्त्री नमान्ने  भनेर भनेको अवस्था छ । लाइभ नगरे मैले बोल्दिन भनेर भन्दा बोलकी बोल भनेर ह्यारेसमेन्ट गरियो ।’ उनले अगाडी भने- ‘गोरखा मिडियामा नेटवर्कको भूमिकामा रवि लामिछाने महामन्त्रीको भूमिकामा हुनुहुन्थ्यो त्यसमा सभापति जीबी राइको गल्ति, रास्वपामा भएका सबै गल्ति महामन्त्रीको हुने, भनेपछि उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिल्लै गल्ति गर्दैन भन्ने देखिन्छ ।’

साथै उनले आफुले विरोध गरेका कारण कारवाही गर्न लागिएको बताउदै अब रास्वपा प्रतिपक्षमा बस्दै छ कुन मुखले सरकारको विरोध गर्छ भन्दै प्रश्न गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*