रुपन्देहीका संघसंस्थाले भने – बुटवलको मेला सबैको हो

खबरपथ संवाददाता
२४ मंसिर २०८१, सोमबार १९:३२

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराउनु भयो । उहाँले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारीका कुराहरुमा समेत सुझाव दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिपिल सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बुटवलमा यहाँका तीन वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्दै आएको र एउटाले गर्ने मेलामा अर्काे संस्थाको पूर्ण साथ र सहयोग रहने बताउनु भयो ।
त्यसैगरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मेलाको अवलोकनकर्ता बढाउनेगरी योजना बनाउन सुझाव दिँदै पछि समस्या नआउने गरी सुरुमै सचेत हुन आग्रह गर्नुभयो । त्यसैगरी होटल तथा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्नेगरी मेलामा समेट्न आग्रह गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामैत्री व्यवस्थापनमा जोड दिनुभयो । कार्यक्रममा यस क्षेत्रको विभिन्न व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*