डा. गौतम प्रादेशिक योजना आयोगको उपाध्यक्ष
बुटवल ।
प्रदेश नम्बर ५ सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्ष प्राध्यापक डा. ईश्वर गौतमलाई नियुक्ती गरेको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले लुम्बिनी बाणिज्य क्याम्पस का पुर्व प्रमुख समेत रहनुभएको डा. गौतमलाई नियुक्ती गरेको हो ।
मन्त्री परिषदको निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता तथा भौतिक योजना विकास मन्त्री बैजनाथ चौधरीले जेठ १४ गते राजीनामा दिनुभएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दै उपाध्यमा डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिनुभएको हो ।





















