बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

खबरपथ संवाददाता
८ माघ २०८१, मंगलवार २२:०१

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा उर्जा दक्षता मापनले त्यसको सुधारमा सघाउ पु¥याउने बताउनु भयो । उहाँले उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले उर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा जि.आई.जेड. उर्जा दक्षता कार्यक्रमका कम्पोनेन्ट म्यानेजर डा. सञ्जयप्रसाद गोरखालीले यो कार्यक्रमको बारेमा जानकारी गराउँदै उर्जा दक्षता कार्यक्रम मानव शरीरमा जस्तै उद्योगको होलवडी चेकपअ भएको बताउनु भयो । उहाँले उद्योग प्रतिष्ठानमा गरिने उर्जा खपतको मापनले एउटा उर्जा खपतमा सहयोग गर्ने छ भने अर्काेतर्फ उत्पादन लागत घटाउन पनि सहयोग गर्ने भनाई राख्नुभयो ।
जि.आई.जेड.का इनर्जी एड्भाईजर सुदन कायस्थले उद्योगमा उर्जा दक्षता सम्बन्धिमा प्रकाश पार्नुभएको थियो भने राजिव मंगल जोशीले अनुदान कार्यक्रम सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*