आज देशभर राम नवमी पर्व मनाइँदै

खबरपथ संवाददाता
१३ चैत्र २०८२, शुक्रबार १०:०९

काठमाडौं । मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको जन्मोत्सवमा आज देशभर राम नवमी पर्व श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा मनाइँदैछ । चैत्र शुक्ल नवमी तिथिमा त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्याको पुत्रका रूपमा भगवान रामको जन्म भएको विश्वास गरिन्छ । यो पर्वले असत्यमाथि सत्यको विजय, धर्मको रक्षा र आदर्श जीवनको सन्देश दिन्छ । घरघरमा तथा राम मन्दिरहरूमा भगवान राम, सीता, लक्ष्मण, भरत, शत्रुघ्न र हनुमानको पूजा गरिन्छ । रामायण पाठ, रामगीता वाचन, भजनकीर्तन र रामनाम जप गर्ने परम्परा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*