नेपाल ध्यानको उद्गम बिन्दु : मन्त्री पौडेल

खबरपथ संवाददाता
२ बैशाख २०८३, बुधबार ११:०१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल ध्यानको उद्गम बिन्दु भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा काठमाडौंमा अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पशुपतिनाथ, लुम्बिनी, जनकपुर धामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक सम्पदा, बहुधार्मिक, बहुसांस्कृतिक परम्परा, भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य नै जीवित सभ्यताका सशक्त सेतुहरू भएको मन्त्री पौडेलले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*