भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने सिद्धार्थनगर नगरपालिकाका प्रमुख खानको घोषणा
भैरहवा । भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले गरेका छन् ।
भैरहवामा सम्पन्न ‘भैरहवा सहरः उद्योग, पर्यटन र ब्यापार ’ नामक प्रथम भैरहवा बहसपछि साझा प्रतिबद्धता जारि गर्दै नगरका प्रमुख खानले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘भैरहवालाई नेपालको नमूना पर्यटकीय सहर घोषणा गर्न नगरको नीति तथा कार्यक्रमबाटै पहल गर्नेछौँ । ’
भैरहवा बहसमा सहभागि पर्यटन उद्यमी चन्द्र प्रकाश श्रेष्ठ (सिपी) ले स्थल र हवाई मार्गको प्रायाप्त पहुुँच भएको भैरहवालाई पर्यटकीय हबको रुपमा घोषणा गर्न नगर सरकारले ढिला गर्न नहुुने बताएका छन् । होटल एशोसियन नेपालका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल एशोसियन (शान) का अध्यक्ष सिपिले भने, ‘संघ र प्रदेश सरकारले के गर्छन थाहाँ छैन तर नगर सरकारले आगामि बजेटको नीति तथा कार्यक्रम बनाउँदा भैरहवा सहरलाई पर्यटकीय सहरको रुपमा विकास गर्न ढिलाई गर्न हुदैन ।’
स्थलमार्ग हुदै सबैभन्दा धेरै तेस्रो देशका पर्यटक भित्रिने नाका बेलहिया भैरहवामै पर्दछ । बेलहिया र भैरहवाबाट नेपालभरी स्थलमार्ग हुुदै सिधा बस सेवा सन्चालित रहेका छन । सिद्धार्थ यातयात र पश्चिम नेपाल बस समितीको तर्फबाट सन्चालित सयौ बसहरुले दिवा र रात्रिकालिन सेवा दिईरहेका छन् । पर्यटनमैत्री लक्जरीयस बसहरुको अतिरिक्त भैरहवा क्षेत्रमा रहेका प्रायाप्त संख्याका तारे तथा पर्यटनमैत्री होटलहरुमा दैनिक हजारौको संख्यामा राख्न सकिन्छ । क्यासीनो, स्पा, क्लबहरु साथै पर्यटनमैत्री रेष्टुरेन्टहरु रहेको भैरहवा स्थित गौतमबुुद्ध अन्तराष्ट्रिय विमानस्थलले देशका विभिन्न स्थानमा डोमेस्टीक उडान गराउन तर्फ पनि नगर सरकारले पहल गर्नुुपर्ने बहसमा सहभागिहरुले बताएका छन् ।

भैरहवा बहसका अर्का प्यानालिस्ट निर्माण व्यवसायी महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझीले भैरहवा सहरलाई सुुन्दर र पर्यटकीय सहरको रुपमा विकास गर्न सम्पुर्ण निर्माण ब्यवसायीले साथ दिने बताए । उनले भने, ‘आजका दिनमा पनि हामी निर्माण ब्यवसायीहरुले काम गरेको अर्बौ रकम सरकारबाट भुुक्तानि पाएका छैनौ तर पनि भैरहवालाई सुुन्दर र पर्यटनमैत्री बनाउन हामी सम्पुर्ण रुपमा सहयोग गछौँ ।’
उक्त कार्यक्रममा च्याम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिमबहादुर खत्रीले भैरहवाको ब्यापार पर्यटनमैत्री रहेको बताए । उद्योग ब्यापार संगठनका पुर्व अध्यक्ष समेत रहेका खत्रीले भने, ‘भैरहवाका सम्पुर्ण उद्योगी ब्यवसायीले पर्यटनमैत्री कार्य गरिरहेका छन् । नगर सरकारले अलिकति ध्यान दियो भने भैरहवा नेपालकै नमूना पर्यटकीय सहर बन्न कसैले रोक्दैन । ’
उक्त कार्यक्रममा महिला उद्यमी सलुुजा रामदामले भैरहवा सहरलाई महिलामैत्री सहरको रुपमा विकास गर्दै अगाडी बढेमा यहाँको पर्यटन र उद्यमशीलता थप फस्टाउने बताईन् । उनले बोल्दै अगाडी भनिन, ‘सिद्धार्थनगर नगरपालिकाले महिला उद्यमीहरुको प्रोत्साहनकोलागि विशेष कार्यक्रम ल्याउनुुपर्दछ । हामी हर तरहले यहाँको पर्यटन प्रबद्र्धनमा अग्रसर भई सहयोग गर्न तयार र्छौ । ’

समता टेलिभिजन नेटवर्क, लुम्बिनीखबर पत्रिका र नेपाल वर्ड डटकमको संयुक्त आयोजनामा भैरहवामा सम्पन्न कार्यक्रमको सहजीकरण गर्दै अग्रज पत्रकार विजय पान्डेले भैरहवाको समृद्धिको लागि पर्यटकीय सहरको रुपमा नगरलाई विकास गर्नुुपर्ने बताए । उक्त कार्यक्रममा सहभागिको तर्फबाट नागरिक समाज रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुुप्ता, विएमजी भैरहवाका अध्यक्ष तथा बरिष्ठ साहित्यकारद्वय विजय सागर र रुद्र ज्ञवाली, सिद्धार्थनगरका पुर्व उपमेयर बुुँद राना, सामाजिक अभियन्ता इशा खड्का लगायतले बोल्दै भैरहवा सहरलाई पर्यटकीय सहरको रुपमा घोषणा गर्न सुुझाब दिएका थिए । उद्योग, पर्यटन र ब्यापारलाई केन्द्रमा राखेर प्रथम भैरहवा बहस आयोजना गरेको समता टेलिभिजन नेटवर्क, लुम्बिनीखबर पत्रिका र नेपाल वर्ड डटकमको ग्रुुप अध्यक्ष श्री रायमाझीले आगामि दिनमा भैरहवा बहसलाई विभिन्न विषयमा केन्द्रित गराई निरन्तर कार्यक्रम गरिरहने प्रतिबद्धता ब्यक्त गरे ।






















