रवि लामिछाने माथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

खबरपथ संवाददाता
८ जेष्ठ २०८३, शुक्रबार २०:४०

पोखरा । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ ।

शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले लामिछानेसहित छवीराज जोशी र जीबी राईसहितलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो ।

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले लामिछाने विरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन् ।

सोही परिपत्रअनुसार  जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै निवेदन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*