पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

खबरपथ संवाददाता
१० श्रावण २०८३, आईतवार ०७:३७

काठमाडौं । दक्षिण अफ्रिकी पौडीबाज चाड ले  पुरुष ४×१०० मिटर फ्रिस्टाइल रिलेमा कांस्य पदक जितेसँगै कमनवेल्थ खेलकुदको इतिहासमा सर्वाधिक पदक जित्ने पुरुष खेलाडी बनेका छन्।

यो कीर्तिमानी १९औँ पदकले ले क्लोसलाई अस्ट्रेलियाका सुटर फिल एडम्स र इङ्ल्यान्डका मिक गल्टभन्दा अघि पुर्‍याएको छ।

‘काँस्य पदक जित्दा म रुनु नपर्ने हो, स्वर्ण जित्दा पो रुनुपर्ने हो तर साँचो भन्नुपर्दा यो मेरो लागि संसारभरको खुसी बराबर छ,’ ३४ वर्षीय ले क्लोसले पछिल्लो  सफलता पछि भने । यससँगै कमनवेल्थ खेलकुदमा ले क्लोसको कुल पदक संख्या ७ स्वर्ण, चार रजत र आठ काँस्य पुगेको छ।

टोलक्रस स्विमिङ पुलमा उनको यात्रा अझै बाँकी नै हुन सक्छ किनकि उनी ५० र १०० मिटर बटरफ्लाइ दौडमा पनि सहभागी हुँदैछन्।

ले क्लोसले सन् २०१० मा नयाँ दिल्लीमा भएको कमनवेल्थ खेलकुदबाट आफ्नो यात्रा सुरु गरेका थिए, जहाँ १८ वर्षको उमेरमा उनले पाँचवटा पदक जितेका थिए। यो उनको पाँचौं कमनवेल्थ खेलकुद हो।

आफ्नो शानदार खेल जीवनमा उनले चारवटा ओलम्पिक पदक, जसमा एउटा स्वर्ण समावेश पनि छ । र, १६ वटा विश्व उपाधिहरू जितेका छन्, यीमध्ये अधिकांश सफलता बटरफ्लाइ विधामा प्राप्त भएका हुन्।

समाचार अनुसार उनले अब सन् २०२८ मा लस एन्जलसमा हुने पाँचौं ओलम्पिक खेलकुदमा पनि प्रतिस्पर्धा गर्ने योजना बनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*