सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त

खबरपथ संवाददाता
२६ श्रावण २०८३, मंगलवार ००:२०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।

आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको अभिभारा दिइएको हो।

क्रिकेटर लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको यो दोस्रो पटक हो। यसअघि कप्तानको जिम्मेवारी दिए पनि यौन दुर्ब्यवहारको मुद्दा परे पछि उनको कप्तानी खोसिएको थियो । सो मुद्दावाट उन्मुक्ति पाएको झन्डै दुई बर्ष पछि उनलाई पुनः कप्तानको जिम्मेवारी दिइएको हो ।

जस अनुसार आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने प्रिमियर कपको कप्तानी अब सन्दीपले गर्नेछन्।

सन्दीपसँगै क्यानले १४ सदस्यीय क्रिकेटर टोलीको पनि घोषणा गरेको छ। जसमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*