कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खाना खुवाउँदै युवा समाजसेवी हरि
बुटवल । मुलुक कारोनाको महामारीमा परेको छ । कोरोनाका कारण जनजिवन अति नै प्रभावित बन्न पुगेको छ । नागरीकको जनजिविका अस्तब्यस्त बनेको छ यतिबेला मानिसका आजिविका पनि बन्द भएको स्थिति छ । दैनिक गरिखाने अधिकांस मजदुर किसान लगायत सम्पूर्ण वर्गहरुको बन्दाबन्दीका कारण आर्थिक स्थिती कमजोर हुदा हातमुख जोर्न पनि गाह्रो परेको छ । यस्तो अवस्थामा कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु आफू र आफनो परिवारको जोखिम मोलेर रात दिन निरन्तर कोरोना विरामीको उपचारका लागी खटिई रहेका छन् उनिहरुले समयमा खाना नास्ता खान पाईरहेका छैनन् यस्तो अवस्थामा विगत देखि नै मानविय सेवामा समर्पित बुटवलका हरि क्षेत्री स्वास्थ्य कर्मीलाई निशुल्क खाना नास्ता खुवाउने कार्यमा स्वतःस्फूर्त रुपमा खटिएका छन् ।
रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष समेत रहेका बुटवल दीपनगरका हरिबहादुर क्षेत्रीले लुम्बिनी प्रादेशिक अस्पताल, धागो कारखानाको कोरोना बिषेश अस्पताल तथा आम्दा अस्पताल लगायतका विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरु का स्वास्थ्यकर्मी ,चिकित्सक नर्स ,ल्याबमा काम गर्नेहरु लगायत बिरामी, कुरुवा, हेल्पर, सुरक्षा गार्ड समेतलाइ हस्पिटल भित्रै पुगेर निःशुल्क खाजा खाना खुवाउने काम गरिरहेका छन् ।

हरि बहादुर क्षेत्रिले प्रत्येक हप्ता सात थरिका नास्ता र सातै थरिका भोजन गराउने उद्देश्यका साथ एक महिने अभियान चलाएको उनी बताउँछन् ।
गत जेठ १० गतेबाट सुरु गरेको उनको यो अभियानले आज १० दिन पूरा गरेको छ । रुपन्देही तरुणदलका युवा नेता सामाजिक अभियन्ता हरी क्षेत्रीले स्वास्थ्यकर्मी, चिकित्सकहरुको सिफारिसमा बिरामी र कुरुवालाई पनि निःशुल्क एक महिने खाना अभियानलाई सार्थकता दिन धेरै जनाको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग भएको उनको भनाई छ । हालसम्म करिब १ हजार जनालाई खाना खुवाएको उनले बताए ।

अभियान चलाउने सोंच बनाएपछि आर्थिक जोहो तथा सहयोगीहरुको खोजी गरी योजना बनाएको क्षेत्री बताउछन । अभियान शुरु नहूदा सम्म कसैको सहयोग नलिने भनेको भए पनि सुरु भए पछि स्वेच्छिक रुपमा सहयोगीहरु आए पछि केही नजिकका व्यक्तिबाट केही खाद्यान्न, सेनिटाइजर, माक्स, ग्लोब्स प्राप्त भएको उनले बताए ।
सामाजिक अभियन्ता हरि क्षेत्री लगायतको टिमले स्वास्थ्यकर्मीहरुका लागि उपलब्ध गराइरहेको नास्ता प्राप्तगरे पछि लुम्बिनी प्रादेशिक अस्पतालमा खोप कार्यक्रममा सक्रिय स्वास्थ्यकर्मीहरुले क्षेत्री लगायतको टिम लाई धन्यवाद र खुसी प्रकट गरेको उनी बताउँछन् ।
हरि बहादुर क्षेत्रीले कारोनाको पहिलो चरणको महामारीमा पनि निशुल्क खाधान्न वितरण गरेका थिए ।






















