असार २५ गते सम्म कर दाखिला गर्न म्याद थप

खबरपथ संवाददाता
२ असार २०७८, बुधबार १९:२६

काठमाडौँ । सरकारले आगामी असार २५ गते सम्म कर दाखिला गर्न म्याद थप गरेको छ । आन्तरिक राजश्व विभागले बुधबार एक सूचना प्रकाशित गरी चैत्र र बैशाख महिनाको मासिक र द्धिमासिक अवधिको मूल्य अभिबृद्धि कर विवरण र कर दाखिला आगामी असार २५ गते भित्र बुझाउन म्याद तोकेको हो ।

आयकर ऐन २०५८ बमोजिमका २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम पनि असार २५ गते भित्र बुझाउनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अन्त-शुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिना भित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५ भित्र बुझाउन पर्ने छ ।

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार सेवा दस्तुर पनि असार २५ गतेभित्र बुझाउन विभागले आग्रह गरेको छ ।

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*