लायन्स क्लब अफ बुटवल सिद्धार्थद्धारा प्रशिक्षण सम्पन्न
बुटवल । लायन्सको माध्यमबाट सामाजिक सेवाका लागी तत्पर रहनका लागी प्रशिक्षणका माध्यमबाट यस तर्फ आकर्षण बढाउन लायन्स क्लब अफ बुटवल सिद्धार्थले १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सो प्रशिक्षणमा डिस्ट्रीक डेप्युटी को-अर्डीनेटर एमजेएफ लायन सन्दीप कसौधनले लायन्सले विश्वभर दुखमा परेका नागरीकको सेवा गर्दे आएकोले नेपालमा पनी बिभीन्न क्षेत्रमा सहयोग गर्दे आएको बताउदै लायन्समा सेवा भावले मात्र प्रबेश गर्ने हुंदा सेवामा तल्लीन रहन सबै लायनहरुलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा लायन्स क्लब अफ बुटवल सिद्धार्थका चार्डर प्रेसिडेन्ट श्रीकान्त सुबेदीले उपस्थीत लायनहरु सेवाका लागी हाजीर भएकाले हरदम समस्यामा रहेका नागरीकलाई सेवा गर्दे आएको बताउनुभयो । क्लबका अध्यक्ष भोजराज पोख्रेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा लायन्सका अधिकांश सदस्यहरुको उत्साह जनक उपस्थीती रहेको थियो। यस क्लबले छोटो समयमै एक्सटेन्सन गरी लायन्स क्लब अफ यसोधरा स्थापना गरी स्थानीय निकाय संग पनी सहकार्यका लागी हात बढाउदै समाजमा रहेको बिभीन्न समस्या समाधानमा पहल गर्ने स्थानीय गैडहवा गाउपालीकामा पहिलो पटक लायन्स स्थापना समेत गरीएको पोख्रेलले बताउनुभयो ।
सो क्लबमा अध्यक्ष लालजी जैसवाल रहेको र प्रथम डाईरेक्टर गैडहवा गाउपालीकाका अध्यक्ष बच्चुलाल केवट सहीत २६ सदस्य रहेको क्लब स्थापना भएको हो ।






















