आजदेखि पशुपतिनाथको मन्दिर भक्तजनका लागि खूल्ला
काठमाडों। आरेध्यदेव पशुपतिनाथको मूल मन्दिर आजदेखि भक्तजनका लागि खूल्ला गरिएको छ । दोस्रो लहरको कोरोना महामारीका कारण बन्द भएको पशुपतिनाथको मन्दिर करिब चारमहिना पछि भक्तजनका लागि आजदेखि खुला गरिएको हो । मन्दिर खुला गर्नु अघि बिहिबार साँझ क्षमा पूजा गरिएको थियो ।
मूल मन्दिर परिसर विहान साढे ५ बजेदेखि खुला गरिएको हो । मन्दिर दैनिक १ बजेसम्म मात्रै खुला गरिने बताइएको छ ।
मन्दिर जाँदा स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गनु पर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।





















