सरकारले अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने
खबरपथ संवाददाता
२५ भाद्र २०७८, शुक्रबार २०:४४
बुटवल । सरकारले अनलाइनमाध्यमबाट प्रसारित सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने भएको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्न प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेस गर्दै लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाएको बताएका हुन् ।
शर्माले एमाले सांसदहरुको नाराबाजीबीच संसद्मा प्रतिस्थापन विधेयक पेस गरेका थिए।





















