कोभिड–१९ प्रतिकार्यका लागि ‘नागरिक सहायता कक्ष’ शुरु

भोजराज भट्टराई
६ आश्विन २०७८, बुधबार १३:४३

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि सूचना सम्प्रेषण गर्ने उद्देश्यले नागरिक सहायताकक्ष शुरु गरिएको छ । बुधबार गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले सेवाग्राहीलाई माक्स र स्यानिटाइजर वितरण गरी सहायता कक्षको शुभारम्भ गर्नुभयो । बगनासकाली युवा संगम पाल्पाले स्वास्थ्य शाखासँग समन्वय गरी बुधबारबाट सेवा सुचारु गरेको हो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले नागरिकका सुझाव समेटेर सेवाप्रवाहमा जुट्न आग्रह गर्नुभयो । कोभिड खोप सम्बन्धी स्वास्थ्य परामर्श, कोभिडको समयमा स्वास्थ्य सुरक्षा मापदण्डबारे निःशुल्क टोलफ्री नम्बर सेवा लगायत अन्य नागरिकका नियमित सामान्य प्रशासनिक काममा समेत सहजीकरण गर्नेगरी नागरिक सहायकता कक्ष (हेल्प डेक्स) सुचारु गरिएको बगनासकाली युवा संगमका अध्यक्ष मिनबहादुर रानाले बताउनुभयो । उहाँले बुधबारदेखि सञ्चालन गरिएको हेल्प डेक्स हाल ३ महिनाको लागि सञ्चालन हुने र पछि आवश्यकता महशुस भएमा पालिकाको समन्वयमा थप गर्न सकिने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*