स्वास्थ्यकर्मीको लागि क्षमता विकास तालिम

भोजराज भट्टराई
१४ आश्विन २०७८, बिहीबार १३:२४

पाल्पा  । पाल्पाको बगनासकाली गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि सात दिने तालिम आजदेखि शुरु भएको छ । पोषण सम्बन्धी ज्ञान, सीप अभिवृद्धिसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहज होस् भन्ने उद्देश्यले शुरु गरिएको हो ।

तालिम शुभारम्भको अवसरमा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले समुदायस्तरमा उपलब्ध अर्गानिक पोषणसामग्री प्रयोग गराउँदै गाउँपालिकाका नागरिकमा सहज स्वास्थ्य सेवा प्रवाहका लागि तालिमले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट सक्नेगरी कार्यक्रम गर्नुभन्दा पनि कार्यान्वयन पक्षलाई फलदायी बनाउन सकिएमा तालिमको औचित्य रहने धारणा राख्नुभयो । अध्यक्ष बस्यालले गाउँपालिकामा सहज स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य सेवाको अभावमा गाउँपालिका भित्रका कोही पनि नागरिक ग्रस्त हुनु पर्दैन भन्ने सन्देश प्रवाह गर्नेगरी स्वास्थ्यकर्मी लाग्नुपर्ने बस्यालको भनाई थियो ।

शुभारम्भ कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रतिनिधि प्रभास पन्थी, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, शिक्षा शाखा प्रमुख गुनाराम खनाल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बच्चाको पोषण अवस्था सुधार गर्दै कुपोषण कम गर्न तालिमले सहयोग पु¥याउने अपेक्षाराख्दै सिकेका कुरा व्यवहारमा लागु गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।

सुआहाराको सहयोग, स्वास्थ्य कार्यालयको समन्वय र बगनासकाली गाउँपालिकाको आयोजनामा भएको बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता विकास तालिम सात दिनसम्म चल्नेछ । तालिममा गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थामा कार्यरत २५ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*