निजि वनको हक अधिकार सुनिश्चित गर्न आग्रह
बुटवल। साना वन किसानहरुको हक अधिकार सुनिश्चित गर्दै हरित अर्थतन्त्र मार्फत समृद्धि नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्ने अभियानलाई नितिगत रुपमा सरकारले बाटो खुलाउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन। निजि जग्गामा ब्यवसायिक वन रोपेर उत्पादनमा लागेका पारिवारिक निजि वन संघ नेपालले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि सरकारको नीतिका कारण समस्यामा परेको गुनासो गरेका छन।
संघका केन्द्रीय अध्यक्ष जोगलाल गिरिले नेपालकै वनमा भएको काठजन्य पदार्थ उपयोग गर्न पाउने गरि सरकारले नीति ल्याउन आग्रह गरे। अन्य ब्यवसायिक क्षेत्रमा बैकवित्तिय क्षेत्रबाट लगानी भएपनि निजि वनमा यसतर्फ ध्यान नजानु दुखद भएको बताए।
हामीले लामोसमयदेखि १९ बुदे माग पत्र सरकारलाई बुझाउदै आएको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन। उनले भने। माग पूरा नभए थप आन्दोलन गर्ने उनले बताए।
नेपाली बजारमा ६५ प्रतिशत काठ आपूर्ति गरिरहेको यो क्षेत्र नेपाल सरकारको प्राथमिकता पारेको पाईदैन।
संघका जिल्ला अध्यक्ष विष्णु कुमार श्रेष्ठले प्रक्रियागत झण्झटका कारण ठूलो समस्या परेको बताए। मधेसी समुदायमा रुख संस्कारबाट ठूलो फाईदा लिने गरेको उनले बताए। छोरी जन्मदा रुख रोप्ने र छोरीको बिहेको बेला त्यहि रुखबाट उत्पादन लिएर विवाह खर्च चलाउने गरेको उनले बताए।
सागठिनक हिसाबले संघ अन्तरगत १ केन्द्रीय संघ, ७ प्रदेश संघ र ६१ जिल्ला शाखा विस्तार भएको छ । १० हजार पारिवारीक निजि वन किसानहरु आवद्घ छन।





















