विधालयलाई लायन्सको सहयोग

खबरपथ संवाददाता
१७ आश्विन २०७८, आईतवार २१:३३

बुटवल । लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीले गुल्मीको एक विद्यालयलाई सहयोग गरेको छ । गुल्मी इश्मा ६ स्थित मुल्म आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई क्लबले ई सेवा मनी ट्रान्सफरको सहकार्यमा ७० हजार रुपैया बराबरको उपकरण तथा विद्यालय सामग्री सहयोग गरेको हो ।

एक कार्यक्रमका बिच बिद्यालय परिसरमा शनिबार ईसेवा लुम्बिनी प्रदेशका प्रमुख विष्णु खनाल, क्लबका संस्थापन अध्यक्ष आवेश पौडेल, सुद्धोधन गापाका स्वस्थ्य प्रमुख समिर भण्डारी, क्लबका उपाध्यक्ष सिभम न्यौपाने, सचिव दिपक अर्यालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोमलाल भण्डारी, प्रअ माया महतलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन ।

विद्यालयलाई एक थान कम्युटर, प्रिन्टर, खेलकुद सामग्री, सेनेटरी प्याड, कपि र मास्क सहयोग गरिएको क्लबका अध्यक्ष पौडेलले बताए । क्लबको वार्षिक कार्यक्रम अन्तरगत क्लबले लायन भिलेजका रुपमा सो गाउपालिकालाई लिएर विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका संयोजक असोक क्षेत्रीले लायन भिलेजको अवधारणासहित शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाईका क्षेत्रमा क्लबबाट सचेतनासंगै अन्य सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*