शिवनगर सामुदायिक बन र युवासमुहका बिच बन विकास सम्बन्धमा अन्तरक्रिया

खबरपथ संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १९:४१

बुटवल । शिवनरगर सामुदायिक बन र युवा समुह बिच बन विकास सम्बन्धमा बिहिबार अन्तरक्रिया सम्पन्न भएको छ । शिवनगर सामुदायिक बन समितिका अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अथिति मदन भण्डारी स्पोर्टस एकाडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्यले सामुदायिक बनको अवधारणाले गर्दा नै बनको संरक्षण हुन सकेको बताउनुभयो ।

आचार्यले बनको संरक्षण र विकाशका लागी शिवनगर सामुदायिक बन समितिले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दे बनको संरक्षणमा समितीको मात्रै जिम्मा नभई प्रत्येक ब्यक्तिको उत्तिकै भुमिका हुने बताउनुभयो । उहाँले बन रहे मात्र मानवको अस्तित्व रहने बताउँदै बनको संरक्षणका लागी समाजका प्रत्येक ब्यक्तिहरु , विशेष गरी युवाहरु जागरुक भई लाग्नुपर्ने बताउनुभयो । आचार्यले शिव नगर बनले विशेष गरी युवा समुह बिच वनको विकाशका लागी अन्तक्रिया गरेकोमा खुसी प्रकट गर्दे यस्ता किसिमका अन्तक्रिया थप गर्दे जानुपर्नेमा जोड दिनुभयो ।

अन्तक्रिया कार्यक्रमको बारेमा प्रकाश पार्दे शिवनगर बन समितिका अध्यक्ष नारायण बहादुर घिमिरेले युवाहरुको सक्ति र प्रौडहरुको अनुभव र दक्षताको संगम बनाएर सामुदायिक बनको बिकाशको नयाँ गोरेटोमा डोरयाउनका लागी सामुदायिक बन र युवाहरुको बिच अन्तक्रियाको आयोजना गरिएको बताउनुभयो । उहाँले सुरुवातमा सामुदायिक बन उपभोक्ता क्षेत्र भित्रका युवाहरुको प्रतिनिधीको रुपमा मात्र समावेस गरी शुरुवात गरिएको तर अवका युवा लक्षित विभिन्न कार्यक्रमहरुमा वडा न।ं ७,८ का धेरै भन्दा धेरै युवाहरुलाई समावेश गर्दे युवा शक्तिलाई बनको विकाशमा परिचालन गर्दे जोड्दै जाने बताउनुभयो ।
उहांले ३० बर्ष सम्म हाम्रा पूर्वजहरुले संरक्षण गर्दे शिवनगर बन आजको दिन सम्म आएको बताउँदै अव बनलाई संरक्षण गर्ने र प्रवर्धन गर्दे यसबाट समृद्धि ल्याउन युवाहरु लाग्नु पर्ने बताउनुभयो । उहाँले युवाहरुले यसको संरक्षण गर्दे जल जमिन र बातावरणको सदुपयोग गरी समृद्धि ल्याउन लाग्नु पर्ने बताउनुभयो । उहाँले आगामी जनेरेशनलाई शान्त र सुन्दर बनको हस्तान्तरण गर्न पनि युवा शक्ति हातेमालो गरी लाग्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनहरुमा विभिन्न किसिमका युवा लक्षित कार्यक्रमहरु ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।

त्यस्तै अन्तक्रिया कार्यक्रमा युवा समुहहरुको तर्फबाट बोल्दै ईको यात्रीका संयोजक समुन्द्र घिमिरे तथा सहसंयोजक असोक भट्रराईले इको यात्रीको कार्ययोजनाका बारेमा जानकारी दिंदै आफूहरु स्वतस्फूर्त रुपमा बन बातावरणको क्षेत्रमा कार्यगर्दे आएको बताउनुभयो । पहिलो पटक सामुदायिक बनले युवाहरु संग यस खाल्को अन्तक्रिया गरेकोमा मुक्तकण्ठले प्रसंसा गर्दे घिमिरे र भड्ढराईले आफूहरुले बनमा जथाभावी फोहोर नगर्न र वातावरण सफा राख्न विभिन्न क्षेत्रमा ब्यानर प्लेकार्ड , ठाउँ ठाउँमा डस्बिनहरु राख्ने कार्य गदै आईरहेको बताउनुभयो । उहाँहरुले विभिन्न सार्वजनिक ठाउँ , मठ मन्दिर क्षेत्रमा सरसफाईका काम गर्दे आएको बताउनुभयो । ईको यात्रीले बनको संरक्षणका लागी बृक्षारोपण गरीएको पनि बताउनुभयो । अब इको यात्रीले सामुदायिक बन भित्र इको पुस्तकालय बनाउने योजना रहेकोे बताउनुभयो । इको यात्रीका संयोजक घिमिरेले आफूहरु ५० भन्दा बढी युवाहरु स्वतस्फर्त रुपमा बन वातावरणको क्षेत्रमा कार्य गरिरहेको बताउनुभयो ।
त्यसैगरी लाफा समुहका उपाध्यक्ष बबिन थापाले खेल क्षेत्रलाई अगाडी बढाउन लाफा समुहले विभिन्न खेलकुदको आयोजना गर्दे आएको जानकारी दिदै शिवनगर सामुदायिक बनले खेलकुदको प्रबर्धनका सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । उहाँँले लाफा समुहले खेलाडीको विकासका लागी परेको बताउनुभयो । उहाँले आफूहरु सामुदायिक बन संग हातमा हात मिलाएर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यसैगरी शिवालय युवा क्लबका संयोजक रवि गौचनले यवाहरुको सहयोग बिना समुदाय अगाड्री बढ्न नसक्ने बताउँदै शिवनगर सामुदायक बनको कार्ययोजनामा आफूहरु सहकार्य गर्न सदै तत्पर रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रमा बुटवल एडभेन्चर प्रा.लि.का प्रोपराइटर पुरन गुरुङ्ग लगायतले बोल्नु भएको थियो ।

ीशवनर सामुदायिक बन परिसरमा सम्पन्न कार्यक्रम शिवनगर सामुदायिक बनका उपाध्यक्ष थानेश्वर बस्याल ,सदस्य बिस्नु घिमिरे , सदस्य बिस्नु पराजुली , प्रेस सल्लाहकार राजेन्द्र रायमाझी , बनका पूर्व सचिब होम बहादुर मल्ल, शिवालय युवा क्लबका अध्यक्ष रवि गौचन , ग्रिन स्टार युवा कल्बका बरिष्ठ सल्लाहकार दिपेन गुरुङ्ग , शिवनगर यूवा क्कबको सचिब विवेक थापा , बुटवल नगर खेलकुद परिषदको अध्यक्ष नन्दु काउचा , निर्माण ब्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष बिस्नु सुब्बा , शिवनगर युवा क्लबका सचिब बिर बहादुर थापा , पत्रकार चण्डी बस्याल लगायतको आथित्यता रहेको थियो ।
अन्तक्रिया कार्यक्रमको सञ्चालन शिवनगर सामुदायिक बनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) ले गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*