‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ पत्रकार रायमाझीलाई

खबरपथ संवाददाता
२२ आश्विन २०७८, शुक्रबार २०:३२

बुटवल । लुम्बिनी प्रेस क्लबले प्रदान गर्ने भुवन स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार कमल रायमाझी पुरस्कृत हुनु भएको छ ।
वरिष्ठ पत्रकार नारायण सापकोटाले स्थापना गरेको ५० हजार राशिको उक्त पुरस्कार शुक्रबार लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदान गर्नुभएको हो ।

लुम्बिनी र यसआसपासको पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेगरी खोजमुलुक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै रायमाझीलाई पुरस्कृत गरिएको हो । त्यस अवसरमा मुख्यमन्त्री केसीले पत्रकारिताको विकासका लागि सरकार सहयोगी बन्ने बताउनु भयो ।

उहाँले अहिले संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउने सवालमा योगदान गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । पुरस्कारका संरक्षक वरिष्ठ पत्रकार नारायण सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन र विकासमा कलम चलाउनु पर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पुरस्कृत पत्रकार कमल रायमाझी लगायतले शुभकामना सहित भनाई राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*