मोतीपुर औद्योगिक क्षेत्र झडपमा तीन सञ्चारकर्मी घाईते

खबरपथ संवाददाता
२४ आश्विन २०७८, आईतवार २१:०५

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको स्थानीय र प्रहरी बिचको झडपमा परि तीन जना सञ्चारकर्मी घाईते भएका छन् । झडपको क्रममा समाचार रिपोर्टिङ्मा गएका सञ्चारकर्मीहरु विश्व ज्ञवाली, सुरेस परियार कृष्ण पाण्डे घाईते भएको पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।
त्यस क्रममा पत्रकार तथा सञ्चारकर्मीमाथी भएको आक्रमण, धरपकड र दुव्र्यवहार प्रती नेपाल पत्रकार महासंघ रुपन्देहीले गम्भिर ध्यानआर्कषण भएको जनाएको छ ।
स्वतन्त्रतापूर्वक जनतालाई सुसुचित गराउन फिल्डमा रिर्पोटिङ गर्न गएका पत्रकारमाथि प्रहरी र सर्वसाधरणले आक्रमण र दुव्र्यवहारको भत्र्सना गर्दै सुरक्षाको प्रत्याभूती दिलाउन समेत महासंघ माग गरेको छ ।

समाचार संकलनका क्रममा लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत सञ्चारकर्मी विश्व ज्ञवालीमाथि स्थानीयको आक्रमणबाट टाउकोमा चोट लागेको छ । पत्रकार महासंघ रुपन्देहीका सदस्य सुरेश परियार, खस्यौली एफएमा कार्यरत सञ्चारकर्मी कृष्ण पाण्डे सहित रिर्पोटिङमा खटिएका सञ्चारकर्मीमाथी प्रहरी र आन्दोलनकारीले समाचार संकलनमा लगाएको रोकले स्वतन्त्र प्रेसकै खिल्ली उडाएको महासंघले जनाएको छ । त्यस्तै असहज परिस्थितीमा संयमता अपनाएर रिपोर्टिङ्मा खटिन समेत महासंघले पत्रकारहरुलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*