गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
खबरपथ संवाददाता
३१ आश्विन २०७८, आईतवार ०८:१७
बुटवल । आज बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । आईतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । गोरखा, धादिङ लगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो ।
यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।





















