कपिलवस्तुमा बेमौसमी बर्षाले ८ हजार हेक्टर क्षेत्रको धानवालीमा क्षति

खबरपथ संवाददाता
४ कार्तिक २०७८, बिहीबार १९:४९

कपिलवस्तु । कपिलवस्तुमा वेमौसमी बर्षाले काटने तयारी अवस्थामा रहेको ८ हजार हेक्टर क्षेत्रको धान वालीमा क्षति भएको छ । यस बर्ष ७ प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान गरीरहेको बेला आईतवार देखि ४ दिन सम्म परेको बेमौसमी बर्षाले जिल्ला कै प्रमुख धान बालीमा क्षति पुगेको हो । आईतवार देखि परेको अबिरल बर्षाले धान स्याहर्नका लागि खेतमा काटेर राखिएको धानमा क्षति नोक्सानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख राबिन्द्र चौबेले बताए । प्रारंभिक बिवरण अनुसार जिल्लाका १० पालिकामा कुल ८ हजार हेक्टरमा लगाईएको धान बालीमा नोक्सानी भएको उनले बताए । पानीले  धान बालीलाई ढलाएर सो क्षति भएको उनले बताए । उनले अझै पनि तथ्यांक सकलन जारी रहेको बताए । ‘ यस बर्ष राम्रो बर्षा र मलखादको समेत राम्रो उलब्धता भए पछि ७ प्रतिशत धान उत्पादन हुने अनुमान गरेका थियौ ’ उनले भने ‘ तर प्रकृतिले साथ नदिदा धान बालीमा क्षति पुगको छ ’ । उनले कृषकहरुलाई बाली बिमा आग्रह गरेका छन । स्याहार्न तयारी अवस्थाका धानबाली पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमै छाडेका धान भिज्दा स्यार्हान, दाउन समस्या भएको छ । अर्ली भेराईटी धान बालीमा बढि नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा क्र रबिन्द्र चोबेले छिटो हुने प्रजातिका धान नोक्सान भएको बताए । ढिलो पाक्ने धानलाई भने फाइदा पुगेको उनी बताउछन् ।

कृषकहरु धान स्हार्ने बेलामा पानी परे पछि निकै चिन्तित बनेका छन् । कपिलवस्तु नगरपालिका– ९ का जोगेन्द्र कुमीले बेमौसमी बर्माले धानमा ठुलो नोक्सानी गरेको बताए । ‘ काटने तयारी अवस्थामा रहेको धान पानीले सखाप पार्यो ’ चौधरीले दुःखी हुदै भने । अबिरल बर्षाले धान ढलाएर पानीले भिज्दा झन नोक्सानी भएको उनले बताए । ‘ कम्पाईन मेशिन लगाएर धान स्हार्ने सोच बनाएको थिए, तर पानीले धान र खेत भिजेको छ ’ । यस बर्ष पर्याप्त बर्षा र मलखादको समेत राम्रो आपुर्ति भएकाले उत्पादन बढी हुने आश गरेर बसेका कुषकहरु बेमौसमी बर्षाले निराश भएको कपिलवस्तु नगरपालिका– १० पचेहराका कृषक रामबृष केवटले बताए । ‘ बेमौसमी बर्षाले गर्दा धानखेतीमा कृषकहरुलाई निकै मर्का परेको छ ’ उनले भने । ‘ यस बर्ष धान खेती राम्रो देखिएको थियो , तर अहिले पानीले चुट्यो खै लगानी पनि उठ्दैन जस्तो लाग्छ ’ उनले भने । खेतमा काटेर दाउन ठिक्क पारेको धानबाली पानीले चुटेर चौपट पारेको जहदी गाबिसका कृषक अमित यादले बताए ।

बुद्धुभुमी नगरपालिकाका कृषक टेकराज पौडेलले आफुले १३ कठ्ठामा काटेर खेतमा राखेको धान पुरै डुबेर नोक्सान भएको बताए । उनले कृषकहरुले ब्यहोरेको नोक्सानीको ३ तहका सरकारले मिलेर क्षतिपुर्ति दिनु पर्ने माग गरे । यस बर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरिएको छ । जसबाट २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत बर्ष ७१ हजार २ सय हेक्टरमा गरिएको धान खेतीबाट २ लाख ७१ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लाको कुल खेतीयोग्य जमीन करीब ८३ हजार हेक्टर रहेको छ, जसमध्ये यो बर्ष ७१, हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा करीब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५ प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ । खेती गरिने उन्नत जातमा मुख्यरुपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली, रहेका छन भने हाइब्रिड धानमा ६४४४, सम्पूर्णा, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*