सैनामैनामा किशोरी अधिकार मञ्च गठन

खबरपथ संवाददाता
६ कार्तिक २०७८, शनिबार २१:४५

सैनामैना । किशोरी अधिकार मञ्च रुपन्देहीले सैनामैनामा किशोरी अधिकार मञ्च सैनामैना शाखा बिस्तार गरेको छ । शनिवार सैनामैना नगरपालीका वडा न.१ एकता टोल बिकास समितीको भवनमा अमृता दमाईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको हो ।

किशोरी अधिकार मञ्च रुपन्देहीकी कोषाध्यक्ष शालीनी मिश्रको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा न १ का वडा अध्यक्ष केहर सिंह गलामीको प्रमुख आतिथ्यतामा कार्यसमिती चयन गरिएको हो । जसको उपाध्यक्षमा किरण बिक ,सचिब एलिशा बिक ,सह सचिब ईशा परियार ,कोषाध्यक्ष प्रिति सुनार ,सह कोषाध्यक्ष यान्सी नेपाली लगायत रहेका छन् भने अम्बिका परियारको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ । जसको सदस्यहरुमा अनिल पहाडी ,समिर बिक र मनिषा बिक रहनु भएको छ ।

कार्यक्रमको आयोजना किन गरिएको हो, संस्था विस्तारको आवश्यकता किन छ , अहिले सम्म किशोरी अधिकार मञ्चले के कस्ता काम गर्यो र आगामी योजनाका के कस्ता रहेका छन् भन्ने बिषयमा किशोरी अधिकार मञ्च रुपन्देहीकी कोषाध्यक्ष्य सालीनी मिश्रले प्रस्टयाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिका वडा न १ का अध्यक्ष केहर सिंह गलामीले समाज परिवर्तनका लागि किशोरीहरुको महत्वपुर्ण भुमिका रहेको बताउँदै सामाजिक कुरिती , कुसंस्कार एवंम जनचेतनाको कमिका कारण अझ पनि विभिन्न रुढिवादी परम्परागत प्रथा जस्तै लैंगिक विभेद, बालविबाह, छुवाछुत जस्ता बिभिन्न घटनाहरुले समाज परिवर्तनमा बाधा पुरर्याएको हुदां किशोरीहरुको शसक्तिकरण होस् या जुनसुकै सकरात्मक परिवर्तनका लागि नवगठित किशोरी अधिकार मञ्चले काम गर्न सकोस भन्ने शुभकामना दिनु भएको थियो । साथै किशोरीहरुको स्वास्थ्य एवंम विभिन्न समस्याका कारण पढाई पुरा गर्न नसकि बिचैमा छोडेका किशोरीहरुलाई नगरपालीका र वडाले सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा महिला पुर्नस्थापना केन्द्र रुपन्देहीकी सामाजिक परिचालिका रन्जना चौधरी, सैनामैना दलित उत्थान समितीका प्रेस सल्लाहाकार अनिल पहाडी , सैनामैना दलित उत्थान समितीका नगर सदस्य मनिषा बिक , सैनामैना दलित उत्थान समिती वडा न.१ का उपाध्यक्ष समिर बिक ,सदस्य राम ब.बिक लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सैनामैना दलित उत्थान समितीका नगर उपाध्यक्ष अम्बिका परियारले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*