बुटवल उपमहानगरले गत वर्षका बाँकी योजना कार्तिक मसान्तभित्र सक्ने

खबरपथ संवाददाता
७ कार्तिक २०७८, आईतवार १९:५५

बुटवल । बुटवल उपमहानगरले कोरोना महामारीका कारण गत वर्ष पूरा हुन नसकेका बाँकी योजना आगामी कार्तिक मसान्तभित्र सक्ने लक्ष्य रहेको बताएको छ ।

आईतबार उपमहानगरको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रामप्रसाद रेग्मीले गत बर्ष बाँकी रहेको २८५ बटा योजनाहरु मध्ये ६२ वटा योजना मात्रै पूरा भएको र बाँकी २२३ वटा योजना आगामी कार्तिक मसान्त भित्र सक्ने लक्ष्य उपमहानगरको रहेको बताउनुभयो । रेग्मीले कोरोना महामारी, बाढी पहिरो तथा वर्षाका कारण ती योजनाहरु समयमा पूरा गर्न नसकिएको बताउनुभयो । प्रबक्ता रेग्मीले उपमहानगरले आगामी मसान्तभित्र चालु आर्थिक बर्षका सबै योजनाहरु पनि सम्झौता गरी सक्ने लक्ष्य लिएको बताउनुभयो ।

उपमहानगरले आर्थिक वर्ष २०७७/७८ मा पूरा नभएका योजनाहरु असोज मसान्तसम्म सक्ने गरी लक्ष्य तयार पारेको थियो । योजना सम्झौताका सबै काम असोज मसान्त भित्रै सक्ने लक्ष्य लिएको उपमहानगरले एक महिना समय थप गरेको हो ।

चालु आर्थिक वर्ष २०७८/८९ मा ८५ वटा नयाँ योजना थप भएका छन् । आर्थिक वर्ष अन्तर्गत ३ महिनाको अवधिमा १६ दशमलव ७६ प्रतिशत भौतिक प्रगति हासिल गरिएको प्रतिवेदन उपमहानगरले तयार पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*