सैनामैनामा नेतृत्व बिकास तालिम संचालन

खबरपथ संवाददाता
७ कार्तिक २०७८, आईतवार २०:२१

सैनामैना । सैनामैनामा आज देखि ४ दिने नेतृत्व विकास तालिम संचालन गरिएको छ । सैनामैना नगरपालिका वडा नं .४ को आयोजना तथा रामनगर युवा क्लब सैनामैनाको ब्यवस्थापनमा युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले ४ दिने नेतृत्व विकास तालिमको आयोजना गरिएको हो ।

वडा न ४ का वडा सद्स्य अमृतादेवि गौतम न्यौपानेको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथी वडा नं.४ का वडा अध्यक्ष धन बहादुर कार्कीले युवाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा युवाहरुको नेतृत्व कायम गर्नको लागि यो तालिमको आयोजना गरिएको बताउनु भएको छ । प्रमुख प्रशिक्षक स्वतन्त्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष अनिल पहाडीले नयाँ पुस्ताको नेतृत्वले समुदायको विकासमा टेवा पुर्याउने भएकाले नेतृत्व विकासका तालिम आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा वडा सदस्य दान बहादुर थारू बडा सदस्य निशा परियार, प्राध्यापक तथा राम नगर युवा क्लबका सल्लाहकार जगन्नाथ गौतम, रामनगर युवा क्लबका अध्यक्ष किरण थापा लगायतको आथित्यता रहेको थियो । पर्रोहा बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा ३५ जना युवा,युवतीको सहभागिता रहेको छ । रामनगर युवा क्लबका अध्यक्ष किरण थापाको स्वागत मन्तव्य तथा वडा सचिव हेमराज चौधरी को संचालन मा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*