नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि तालिम समापन
सैनामैना। रुपन्देहीको सैनामैनामा सञ्चालित चार दिने नेतृत्व विकाश तथा क्षमता अभिबृद्धि तालिम एक कार्यक्रमका बिच आज समाापन गरिएको छ । युवाहरुको नेतृत्व विकाश तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सैनामैना नगरपालिका वडा नं .४ को आयोजना तथा रामनगर युवा क्लब र आदर्श युवा कल्बको ब्यवस्थापनमा संन्चालित नेतृत्व विकास तालिम बुधबार समापन गरिएको हो ।

पर्रोहा बहुमुखी क्याम्पस र बामरी पार्टि प्यालेसमा गरि दुई ठाउँमा सन्चालित तालिमको समापन गर्दै प्रमुख अतिथी वडा नं.४ का वडा अध्यक्ष धन बहादुर कार्कीले टोल, वडा र नगर विकासको जिम्मा युवाहरुको काधँमा आएको र वडाको समग्र विकासका लागि यहाँका युवाहरुको सहभागिता अपरिहार्य रहेको बताउँदै क्षमताको विकास र समुदायको विकासमा युवाहरुले नेतृत्व कायम गर्नको लागि यो तालिमको आयोजना गरिएको बताउनु भएको थियो । अन्तरराष्ट्रिय प्रशिक्षक ऋषिराम न्यौपाने र अर्का प्रशिक्षक स्वतन्त्र पत्रकार संघ रुपन्देहीका निबर्तमान अध्यक्ष अनिल पहाडीले नयाँ पुस्ताको नेतृत्वले समुदायको विकासमा टेवा पुर्याउने भएकाले नेतृत्व विकासका तालिम आवश्यक रहेको बताउनु भएको थियो । समापन कार्यक्रममा वडा न. ४ को वडा सदस्य अमृतादेवि गौतम न्यौपाने, बडा सदस्य धन कुमारी राना ,वडा सचिव हेमराज चौधरी ,प्राध्यापक तथा राम नगर युवा क्लब का सल्लाहकार जगन्नाथ गौतम, राम बहादुर क्षेत्री, रामनगर युवा क्लब का अध्यक्ष किरण थापा, आदर्श युवा क्लबका अध्यक्ष कोष राज बस्नेत , क्लवका सल्लाहकार मन बहादुर थापा, शान्ता बस्नेत, लक्ष्मण थापा ,लगायतको आथित्यता रहेको थियो ।

तालिमको प्रमाण पत्र ग्रहणपछि प्रशिक्षार्थी सीता कुंवर , शिशिर गौतम र दिपा सुवेदीले तालिमपछि आत्मबिश्वास बढेको र सामाजिक क्लवहरुमा नेतृत्वदायि भुमिकामा बसेर काम गर्ने जोश बढेर आएको भनाइ राखेका थिए । पर्रोहा बहुमुखी क्याम्पस र बाँमरी पार्टी प्यालेसमा गरि आयोजना गरिएको तालिममा ७० जना युवा , युवतीहरुको सहभागिता रहेको थियो ।

राम नगर युवा क्लवका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन प्रशिक्षार्थी दल बहादुर क्षेत्री ले गर्नु भएको थियो।






















