बुटवलको शिवनगर सामुदायिक बनमा नन्दिनी गौ संरक्षण केन्द्रको स्थापना

खबरपथ संवाददाता
१८ कार्तिक २०७८, बिहीबार १८:३९

बुटवल । बुटवलको शिवनगर सामुदायिक बन परिसरमा नन्दिनी गौ संरक्षण केन्द्रको स्थापना गरिएको छ । बुटवल उप-महानगरपालिका र शिवनगर सामुदायिक बन उपभोक्ता समुहको संयुक्त आयोजनामा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । हिन्दुहरुको महान चाड तिहारको गाईपूजाको अवसर पारेर आज एक कार्यक्रमका बिच मुक्तिनाथधामका पिठाधिस ब्रहमनन्द स्वामी लोकानन्द महाराज तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले संयुक्त रुपमा नन्दिनी गौ संरक्षण केन्द्रको समुद्धघाटन गर्नु भएको हो ।

समुद्धघाटन कार्यक्रमा पिठाधिस स्वामी लोकानन्द महाराजले प्रकृति, संस्कृतिको संरक्षण र संवर्धन एवं यस प्रति आस्था श्रद्धा अनि भक्तिभाव सहितको सेवा लगाउन सकियो भने हाम्रो हिन्दु बैदिक सनातन धर्म सदाका लागी धर्तीमा स्थापित हुने बताउनु भयो । उहाँले समुन्द्र मन्थनको बेलामा संस्कृतिको रुपमा प्रकट भएकी गौमाता र गंगाको सेवाबाट हिन्दु धर्मको रक्षा गर्न सकिने पनि उल्लेख गर्नुभयो ।

स्वामीले हामी संग बुटवल नगरपालिकाको आँचलमा प्रवाहित तिलगंगा नदिलाई सुसोभन र पुजनिय बनाउनका लागी गंगामा तलाउ र गंगाका बिचमा शिवजीको दिब्य मनोहर विशाल २७ फुट अग्लो धातुको मुर्ति स्थापना गरी संन्ध्याकालमा नित्य आरती गर्ने गरियो भने यहाँ गाई र त्यहाँ गंगाको सेवा हुन्छ जसबाट नेपाल अधिराज्यभरी नै सम्पूर्णमा सतमार्ग प्रदान गर्न सकिने बताउनुभयो ।

कार्यक्रमा बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवदीले नन्दिनी गौ संरक्षणलाई गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरुयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बताउनुभयो । सुबेदीले करीब ९ विगाहा क्षेत्रफलमा तारजाली गरे ब्यवस्थित रुपमा गौ संरक्षणको लागि पुर्वाधार निमार्ण गरिएको बताउनुभयो ।

कर्यक्रममा शिवनगर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरेले गौशालामा तत्कालै बुटवलका सडकमा रहेका छाडा गाई,गोरु लगिने र चरण क्षेत्र विस्तार गरिने बताउनुभयो । अध्यक्ष घिमिरेले गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने ब्यवस्था, विद्युत पानीको राम्रो ब्यवस्थापन गरिएको र दुईजना गौ हेरालुहरु ब्यवस्थापन गरि गौ हेरालुहरुलाई २ वटा रुम र स्टोर रुम निर्माण गरिएको बताउनुभयो । घिमिरेले गौशाला ब्यवस्थापन समिती गठन गरी संचालन गरीने बताउनुभयो ।

बुटवलनगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुइँटेलले गौशालामा पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण गर्ने, सुसारेले घाँसपातको प्रबन्ध मिलाउने प्रबन्ध गरिएको बताउनु भयो ।

समुद्धघाटन कार्यक्रमा विधिवत रुपमा पुजाआजा सहित पाच वटा गाईलाई पंन्चकन्याद्धारा गौशालामा प्रवेश गराएर शुभारम्भ गरिएको थियो ।  बिहीबार लक्ष्मीपुजा अर्थात् गोबर्धन पुजाको अवसर पारेर मुक्तिनाथधाम बुटवलका ब्रह्मनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी , बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायण बहादुर घिमिरे ,बनका उपाध्यक्ष थानेश्वर बस्याल, नेपाली कांगेसका नगर अध्यक्ष खेलराज पाण्डे, लगायतले पुजापाठ समेत गर्नुभएको थियो ।

शिवनगर सामुदायिक वन क्षेत्रको करिब ९ बिगाहा क्षेत्रफलमा सयौं गाइलाई चरण सहितको क्षेत्रमा स्याहार–सुसार गर्ने र गाइको बारेमा अनुसन्धान गर्ने गरी बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा शिवनगरमा नन्दिनी गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*