बुटवलको नयाँ गाउँका तीन घरमा आगलागी

खबरपथ संवाददाता
२२ कार्तिक २०७८, सोमबार २०:२२

बुटवल। रुपन्देहीको बुटवल–१२ नयाँ गाँउमा तीन वटा घरमा आगलागी भएको छ । सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट स्थानीय गोपाल पाण्डे सहित अन्य दुई घरमा आगो सल्केको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक तले घर जलेर पूर्ण रुपमा क्षति भएको र अन्य दुई घरमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

आगलागीलाई तीनवटा दमकल र प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएको केसीले बताए । आगलागीबाट भएको क्षतिको यकिन भइ नसकेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*