प्रधान सेनापति शर्मा भारत भ्रमणमा
खबरपथ संवाददाता
२३ कार्तिक २०७८, मंगलवार १०:४९
काठमाण्डौ । प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको नेपाली सेनाले जानकारी दिएको छ ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा जानुभएको हो।
प्रधान सेनापति सहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो।





















