राष्ट्रपतिद्धारा छठ पूजा

खबरपथ संवाददाता
२४ कार्तिक २०७८, बुधबार १९:५३

काठमाडौं । छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरी र गौरिघाटमा छठ पूजा गर्नुभएको छ ।

बुधबार अपरान्ह राष्ट्रपति भण्डारीले कमलपोखरी पुगी छठी माताको पूजा गर्नुभएको छ । छठको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । छठ पूजा गर्न कमलपोखरीसहित काठमाडौंका धेरै जलासय सजाइएको छ ।

काठमाडौंमा बसोबास गर्ने तराईबासीको ठूलो संख्या छठ पूजा गर्न जलासयमा पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*