पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि

खबरपथ संवाददाता
२५ कार्तिक २०७८, बिहीबार ०८:४८

बुटवल । । पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि भएको छ । नेपाल आयल निगमले बुधबार राती १२ बजेबाट लागू हुने गरी पुन: मूल्य बृद्धि गरेको हो ।

पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले घाटामा गएको बताउँदै आएको थियो । निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

बढेको मूल्य अनुसार पेट्रोलको मूल्य एक सय ३६ रुपैयाँ लिटर, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९, आन्तरिक हवाई ईन्धनको मूल्य एक सय एक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मूल्य एक हजार पाँच सय ७५ पुगेको छ ।

१२ दिन अघि पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*