पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विप्लब नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा
काठमाण्डौं । नेत्रवक्रिम चन्द (विप्लब ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
नेकपाका महासचिव विप्लबद्धारा बिहिबार विज्ञप्ती जारी गर्दै पेट्रोलयिम पदार्थको बृद्धिविरुद्ध आन्दोलनको घोषणा गरिएको हो।
‘ जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्य वस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहता पूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रोसामु छ,’ विज्ञप्तिमा भनिएको छ।
आयल निगमले पछिल्लो १० दिनमा इन्धनको मूल्य दुईपटक बढाएको छ।






















