एम्नेष्टि इन्टरनेशनल नेपाल समुह–१२ बुटवलमा सल्लाहकार मनोनयन

खबरपथ संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार १९:१६

बुटवल । एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलले सल्लाहकार मनोनयन गरेको छ । समुहको बिहिबार बुटवलमा बसेको कार्य समिति बैठकले समुहका पूर्व संयोजक तथा पूर्व केन्द्रीय महासचिव करुण खनाल, पूर्व संयोजक बालकुमारी भण्डारी र पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम बञ्जाडेलाई सल्लाहकार मनोनयन गरेको हो ।

त्यसैगरी बैठकले समुहको साधारण सभा तथा परिषद बैठक सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलका संयोजक कबिन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न समुहको साधारण सभा तथा परिषद बैठकलाई सफल बनाउन भूमिका खेल्ने पूर्व संयोजकहरु, निवर्तमान संयोजक तथा कार्यसमिति, निर्वाचन अधिकृत र सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरिएको समुहका सचिव बिमल बस्नेतले जानकारी गराउनु भयो ।

बैठकले मानव अधिकारको क्षेत्रमा विश्वव्यापी सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्था एम्नेष्टिको अभियानमा साथ सहयोग गर्नको लागि पनि सबैमा अपिल गरेको छ । त्यसै अवसरमा समुहकी निवर्तमान संयोजक शरीता भारी बुटवलबाट बसाईसराई गरि काठमाण्डौ जानुभएकोमा उहाँको जीवनमा सुख, शान्ति र प्रगतिको कामना गरिएको थियो । आफूलाई समुहको संयोजक भएर काम गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्दै बुटवलमा रहँदा पाएको मायाँ, ममता र सद्भाव आफ्नो मानसपटलमा रहिरहने उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*