बुटवलमा अन्तर पुस्ता संबाद कार्यक्रम सम्पन्न
बुटवल । बुटवलमा किशोरी अधिकार मञ्च रुपन्देही र महिला मानव अधिकार रक्षक सञ्जाल बिच नारी अन्तर पुस्ता संबाद कार्यक्रम सम्पन्न भएको छ । शनिवार बुटवलको होटल मेरिगोल्डमा किशोर अधिकार मञ्च रुपन्दही र महिला मानव अधिकार रक्षक सञ्जालको आयोजना तथा ओरेक नेपाल र केएर नपालको आर्थिक सहयोगमा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिबार रक्षक सञ्जाल रुपन्देहीका अध्यक्ष हेमा न्यापानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्दन पुरस्कारबाट सम्मानित ‘खलंगामा हमला’ कृतिका लेखक राधा पौडेलको प्रमुख आथित्यता रहेको थियो । त्यसैगरी कार्यक्रमको स्वागत तथा उद्देश्य माथि महिला मानव अधिकार रक्षक सञ्जाल का केन्द्रिय सदस्य इन्दिरा आचार्यले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमा महिनावारी र लैंगिक बिभेद तथा हिंसा मा आधारीत रहेर सम्बाद गरीएको थियो । तिन पुस्ता सम्बादका लागि तेस्रो पुस्ताका किशोरीहरु सुनिता हरिजन र पुष्पा कुमारी हरीजन, दोस्रो पुस्ता तीस बर्ष भन्दा माथिको उमेर समुहका महिला अभियन्ताहरु हेमा न्यौपाने र इन्दिरा हर्याल त्यसै गरी पहिलो पुस्ताका ५० बर्ष पछिका उमेर समुहका महिला अभियन्ताहरु ज्ञानु पौडेल र राधा पौडेलका कथा , अनुभव आदान प्रदान गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा समता र समानता मुलक समाजका लागि नारीवाद अन्तर पुस्ता सम्बाद कार्यक्रममा ३ पुस्ताहरुको जीवनको भोगाई र किशोरी तथा महिला अभियानमा संलग्न हुनुका उद्धेश्य , भोगाई र योगदानका बारेमा अनुभव आदान प्रदान र उत्प्रेरणा हौसला प्रदान गरीएको थियो ।
कार्यक्रममा नमुना एकिकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, नमुना कार्य समितिका सदस्य सिता भट्टराई, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सदस्य इन्दिरा आचार्य, महिला मानव अधिकार रक्षक सञ्जालका पदाधिकारी तथा सदस्यहरु बरिष्ठ महिला अधिकारकर्मि इन्दिरा अर्याल, अमृता अनमोल, निरु गौतम, अस्मिना पाण्डे, कल्पना तिवारी, उषा किरण, राधा बस्याल ,किशोरी अधिकार मञ्च रुपन्देहीका पदाधिकारीहरु र ओरेक नेपालका कर्मचारीहरुको आथित्यता रहेको थियो ।

तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका, सियारी गाउँपालिका ,बुटवल उपमहा नगरपालिका र शुद्धोद्धन गाउँपालिका बाट ३० जना किशोरीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पहिलो पुस्ताका ५० बर्ष पछिका उमेर समुहका महिला अभियन्ताहरु ज्ञानु पौडेल र राधा पौडेलका कथा , अनुभव शेयर गर्नु भएको थियो । त्यसैगरी राधा पौडेलले मर्यादित महिनावारीका बारेमा अभिमुखिकरण गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण ईन्दिरा अर्यालले गर्नुभएको थियो ।






















