मिलिजुली युवा क्लवले गर्यो न्यानो कपडा वितरण
तिलोत्तमा । मिलिजुली युवा क्लव तिलोत्तमा ३, जानकीनगरले देउसी भैलो कार्यक्रमद्धारा संकलित रकमबाट मानव सेवा आश्रममा न्यायो कपडा हस्तान्तरण गरेको छ । क्लवले शनिवार आश्रम परिसर सुख्खानगरमा एक कार्यक्रमको आयोजना गरी कम्बल, सुइटर लगायतका न्यानो कपडा हस्तान्तरण गरेको हो । बीसहजार बरावरको न्यानो कपटा तथा खाद्यान्य प्रदान गरिएको क्लवका अध्यक्ष बरदान आचार्यले बताए ।
क्लवले निरन्तर देउसी भौलो संचालन गर्दै आएको बताउँदै उनले भैलोबाट संकलित रकम फजुल खर्च गर्ने परम्परालाई तोड्दै समाजिक क्षेत्रमा लगाइएको बताए । तिलोत्तमा, बुटवल लगाएतका क्षेत्रहरु देउसी भैलो संचालन गरेर रकम संकलन गरेको थियो । विगतका वर्षहरुमा देउसी भैलोबाट संकलन भएको रकमबाट समाज सेवामा खर्चिने गरेको बताउँदै त्यसको निरन्तरता नै न्यानो कपडा वितरण रहेको उनको भनाई छ ।
क्लवका अध्यक्ष बरदान आचार्यको अध्यक्षता देउसी भैलो संयोजक तथा क्लवका सचिव सुरज क्षेत्रीको संचालन, उपाध्यक्ष रुवि शर्माको स्वागतमा भएको कार्यक्रममा पूर्वअध्यक्ष नारायण परियार, भैलो व्यवस्थापन समिति सदस्य अभिषेक भण्डारी, सहसचिव पूर्णीमा क्षेष्ठ, तेजेन्द्र राना मगर, कमल थापा क्षेत्री, पुनम दर्नाल लगाएतले बोल्दै क्लवले समाजिक सेवाभाव अनुरुप सहयोग प्रदान गरेको बताएका थिए ।
सोही अवसरमा भैलो व्यवस्थापक अभिषेक भन्डारीले बालबालीका र जेष्ठ नागरिकहरुका लागि तयारी खाजा हस्तान्तरण गरेका थिए ।






















