तुलसीपुरमा विधार्थी मेला सम्पन्न
दाङ । सार्वजनिक स्थानमा महिला तथा बालिका माथि हुने हिँसा न्युनिकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ तुलसीपुर हरीपौरामा विधार्थी मेला सम्पन्न भएको छ । तुलसीपुर उप महानगर पालिका वडा नं १२ हरीपौराको आयोजना तथा महिला पुनस्र्थापना (ओरेक) परियोजना कार्यालय दाङको लागत साझेदारीमा विधार्थी मेला २०७८ सम्पन्न भएको हो ।

तुलसीपुर उप महानगर पालिकाका उप मेयर माया शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न ९ वटा सरकारी र निजी विधालयहरु को सहभागिता रहेको थियो । खुल्ला हाजिरी जवाफ, नृत्य प्रतियोगिता , गित तथा कविता लेखन प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता एबं चकलेट दौड प्रतियोगिता राखिएको थियो ।
लैङ्गिक हिंसा खबरदारी बिषयमा चित्रकला, सुरक्षित सार्वजनिक स्थल मेरो अधिकार बिषयक निबन्ध र यौन हिँसा मुक्त विधालय शिर्षकमा गीत तथा कविता लेखन प्रतियोगिता गरिएको थियो । उत्कृष्ट हुने विधार्थीहरुलाई शैक्षिक सामग्री र प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागि विधार्थीहरुलाई समेत शैक्षिक सामग्री प्रदान गरिएको थियो ।


तुलसीपुर उप महानगर पालिका शिक्षा शाखा का मान बहादुर खड्का, तुलसीपुर उप महानगर पालिकाका साझेदारी कार्यक्रमबाट विश्वमणी खनाल, तुलसीपुर उप महानगर पालिका वडा नं १२ की वडा सचिव दिपा सुबेदीले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा तुलसीपुर उप महानगर पालिका वडा नं १२ का जन प्रतिनिधीहरु, तुलसीपुर उप महानगर पालिका वडा नं १२ का मेलमिलाप संयोजक, महिला पुनस्र्थापना केन्द्र दाङकी जिल्ला संयोजक ईश्वरी थापा, कार्यक्रम अधिकृत शुष्मा छिनाल, सहायक कार्यकम अधिकृत कल्पना चौधरी, तथ्याङ्क व्यवस्थापन सहायक शाखा अधिकृत बिन्दु शर्मा लगायतको उपस्थिती रहेको थियो । श्री पशुपती माध्यमिक विधालय हरिपौराको प्राङगणमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विधालयका प्रधानाध्यापक रुद्र बहादुर डाँगीले गर्नु भएको थियो । तुलसीपुर उप महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष सूर्य बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार अनिल पहाडीले गर्नु भएको थियो ।





















